मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष १६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १६ बिहीबार २२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनले भन्यो– हाम्रो प्रतिनिधिमण्डलले पारस्परिक हितबारे छलफल गऱ्यो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १६ बिहीबार २२:१९:oo

चिनियाँ परराष्ट्र मन्त्रालयले हालै चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपालमा आपसी हित एवं बिआरआईलगायतका मुद्दामा छलफल गरेको बताएको छ । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ बेनविनले भारतीय सञ्चारमाध्यम प्रसार भारतीका पत्रकार अंशुभान मिश्रको प्रश्नको जवाफमा यो बताएका हुन् । 

उनले अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले सत्तापक्षीय र प्रतिपक्षी नेताहरूसँग पारस्परिक हितका विषयमा छलफल गरेको बताए । उनले के–के विषयमा छलफल भयो भन्ने खुलाएनन् । ‘नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष स्थापनाको अवसरमा बधाई दिएको, परम्परागत मित्रता थप मजबुत गर्ने, अन्तरपार्टी विचार आदान–प्रदान बढाउने, बिआरआईअन्तर्गत सहयोग अघि बढाउने एवं दुवै देशलाई अधिकतम लाभ पुग्ने गरी सम्बन्ध अघि बढाउने तत्परता व्यक्त गरेको छ,’ चिनियाँ प्रवक्ता वाङले भने ।