१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५७:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।  

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड– १९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । 

कुनै पनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनै पनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्नेसमेत बताए । 

उनले कुनै पनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकाले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरूलाई आग्रहसमेत गरे । ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौँ । पारदर्शी ढंगले, कुनै पनि प्रोकुरमेन्ट, कुनै पनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन,’ उनले भने, ‘चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस्, प्रभावित जो जतिसुकै होस् तर म ॐ पनि लेख्दिनँ । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरूसँग आग्रह गर्न चाहन्छु ।’

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्यक्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्नेसमेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनै पनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले जोड दिए । उनले छलफल र बैठकभन्दा पनि काम बढी गर्न कर्मचारीहरूलाई निर्देशन दिए । 

ad
ad