१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षा सामग्री र जोखिमभत्ता माग्दै स्वास्थ्यकर्मी आन्दोलित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:२२:oo

कोभिड– १९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । 

कोभिड– १९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खट्ने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक–पटक आग्रह गर्दासमेत सुनुवाइ नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियन तथा पेसागत संघसंगठनहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन् । 

स्वास्थ्यकर्मीहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन् ।  

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् । 

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरू उठाउँदा पनि बेवास्ता गरिएको बताए । विश्वभर कोभिड–१९ को नयाँनयाँ रूप देखिँदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेखाएको डा. लोचनले बताए । 

स्वास्थ्यकर्मीहरूले आइसियू, भेन्टिलेटरलगायतका उपकरणहरूको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परीक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई  उपलब्ध गराइने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिन, आइसोलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरूका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्नेलगायतका माग राखेका छन् । 

आफूहरूको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताए ।

ad
ad