मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ पौष ९ बिहीबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेरबहादुर तामाङदम्पतीले छोडे ओली पक्ष 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ पौष ९ बिहीबार १०:४८:००

संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईदम्पतीले नेकपा केपी ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।    बिहीबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश १ की सांसद उषाकला र उनका श्रीमान् संघीय सांसद शेरबहादुरले आफूहरू विघटित संसद्को पक्षमा नरहेको र ओली समूहको केन्द्रीय सदस्य स्वीकार गर्न नसक्ने बताएका छन् । 

विज्ञप्तिमा उनीहरूले विभाजनले कसैको हित नहुने भएकाले एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन् । अझै जनजीविकाको धेरै सवालहरू पूरा हुन बाँकी रहेकाले विभाजनको पक्षमा जान नहुने बताएका छन् । प्रदेश १ सांसद उषाकला खोटाङकी हुन् भने संघीय सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् । 

श्रीमती उषाकला र श्रीमान् शेरबहादुरदम्पतीले  थालेको अभियानले गर्दा  गाँजाखेती कानुनी मान्यता दिलाउने  विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरूले घरेलु रक्सीलाई ब्रान्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् । 

प्रदेश १ बाट सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, झापाका सांसद गोपाल बुढाथोकी, उदयपुरकी सांसद कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलगायतले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरिसकेका छन् । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पनि ओली समूहको केन्द्रीय सदस्यप्रति सन्तुष्ट छैनन् ।