जननिर्वाचित संसद्लाई घेराबन्दी गरिएपछि सर्वभौम जनतासामु जानेबाहेक विकल्प रहेन : ओली

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्रीले केपी ओलीले संसद्लाई अर्थहीन तुल्याएपछि, जननिर्वाचित संसद्लाई घेराबन्दी गरिएपछि सर्वभौम जनतासामु जानेबाहेक विकल्प नरहेको बताए ।

उनले देशवासीका नाममा सम्बोधन गर्दै भने- त्यसैले जनतासामु प्रस्तुत हुने निष्कर्षका साथ विघटन गरी वैशाखमा निर्वाचन गर्ने निर्णय गरिएको हो । केही नेताहरूको विकृत गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो । 

बहाना पन्छाउँदै सरकार बढ्यो, जनपेक्षाअनुसार काम सुरु गऱ्याे, तर केही निरन्तर अस्थिर प्रयास गऱ्याे । कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छऱ्याे, कुनै नेताले देश डुब्न लाग्यो भन्दै माझी गुहारे । कतिपय साथी पदमा मात्रै केन्द्रित रहे ।

दुई अध्यक्षका बीचमा कार्यविभाजन गरेर सरकार र पार्टी सञ्चालन गर्ने निर्णपछि समस्या समाधान हुने अपेक्षा थियो, मैले सरकारको काममा केन्द्रित भए । तर, पार्टी काम कति बढे ? महाधिवेशन तयारी कति बढे ? तर, तथ्यहरू आफैँ बोल्छ, सरकारलाई राम्रोसँग चल्न दिइएन ।
 

'

सुझावित समाचार