१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको दुबीचौरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:४९:oo

गुल्मीको रेसुङ्गा नगरपालिका-१३ दुबीचौरमा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परेर चारजना घाइते भएका छन् ।

शुक्रबार राति गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वाटर गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए । 

दुर्घटनामा परेर चालक रेसुंगा नगरपालिका-१२ का वर्ष ३० का तेजबहादुर रानाकाे उपचारका क्रममा तम्घासमा मृत्यु भएको छ ।  रेसुङ्गा नगरपालिका-१२ का वर्ष १७ का रमेश खत्री, रेसुङ्गा नगरपालिका-२ बस्ने वर्ष १६ का रोशन परियार, सोही स्थानका वर्ष १८ का सुरज विक र वर्ष १७ का सुनील विक घाइते भएको सशस्त्र प्रहरी नायब उपरीक्षक लम्सालले बताए । 

अटो सडकबाट करिब दुर्इ सय मिटर तल खसेको छ । घाइतेहरूको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वाटर गुल्मीका सशस्त्र प्रहरी निरीक्षक नारायणप्रसाद सेढाईंको कमान्डमा खटिएको ११ जना सुरक्षाकर्मीको टोलीले दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरेको थियो ।

ad
ad