Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चर्कियो नेकपा विवाद : संवैधानिक परिषद् अध्यादेश जारी, सभामुख अनुपस्थित रहे पनि बैठक बस्न सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १४:५७:००

सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी विधेयकमार्फत महत्वपूर्ण परिवर्तन गरेको छ । 

सत्तारुढ दल नेकपामा देखिएको विवाद संवैधानिक परिषदको बैठकसम्म पुग्दा सरकारले अध्यादेशमार्फत यस्तो परिवर्तन गरेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार दिउँसो जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा परिषद्को बैठकका लागि बहुमत सदस्य उपस्थित भएपछि बैठक बस्न सकिने संशोधन गरिएको छ । 

यस संशोधनसँगै अब परिषद्को बैठक, सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभए पनि बस्न सक्नेछ । 

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सदस्यका रूपमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ । 

आज मंगलबार बिहान परिषद्को बैठक डाकिएकोमा सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुँदा कोरम नपुगेका कारण बैठक बस्न सकेको थिएन । 

एउटै दलबाट बनेकाे सरकारका प्रधानमन्त्रीले डाकेकाे बैठकमा सभामुख सापकाेटा सहभागी नभएपछि यसले नेकपाभित्र देखापरेकाे विवादकाे छाया परिषद्काे बैठकमा परेकाे स्पष्ट देखा परेकाे थियाे । 

यसपछि सरकारले नयाँ कदम लिएकाे हाे । यस संशाेधनपछि सभामुख सापकाेटा सहभागी नभए पनि बैठक अघि बढाउने गरी सरकारले बाटाे खाेलेकाे हाे ।