१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार ०५:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकको मोबाइल एप प्रयोग गर्न एनसेलले निःशुल्क सिम र डेटा प्याकेज दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार ०५:४८:००

सानिमा बैंकको मोबाइल एप प्रयोग गर्ने ग्राहकले एनसेलबाट डेटा पाउने भएका छन् ।  बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप सानिमा सजिलो इ–बैंकिङ प्रयोगकर्ताका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा प्याकेज दिने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप सेवा लिने बैंकका सेवाग्राहीलाई करिब ३ सय रुपैयाँबराबरको डेटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिम कार्ड प्रदान गरिने जनाइएको छ ।

साथै, बैंकका ग्राहकले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २ सय ५० एमबी निःशुल्क इन्टरनेट डेटा प्राप्त गर्ने बैंकले जनाएको छ ।  बैंकले सातै प्रदेशमा ८५ शाखा, १४ विस्तारित काउन्टर र ८२ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।