Skip This
ad
उद्योगमन्त्री भट्ट भन्छन्– चिनी उद्योगीले मलाई भने– माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्, बिचौलिया हुन् (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार २१:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उद्योगमन्त्री भट्ट भन्छन्– चिनी उद्योगीले मलाई भने– माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्, बिचौलिया हुन् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २१:११:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघर मण्डलामा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको चिनी उद्योगीले बताएको भन्दै यथार्थ बुझ्नुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएको बताएको भट्टले जानकारी दिए । 

बिचौलियाले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरूले बताएको मन्त्री भट्टको भनाइ छ । उद्योगीहरूले सुरुमा किसानलाई भुक्तानी दिएर पछि बिचौलियालाई भुक्तानी गर्ने बताएको पनि भट्टले बताए । उनले भने, ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका बिचौलियाहरू पनि रहेछन् भने उहाँहरू (उद्योगी)बाटै थाहा पाएँ । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरूले भनेको कुरा हो । त्यो भएर तपाईंहरूले आफ्नोतर्फबाट अलि अन्वेषण गर्न पऱ्याे, त्यो के हो भन्ने मन्त्रालयले पनि अध्ययन गरिराखेका छौँ ।’

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीसँग छलफल गर्न लागेको पनि जानकारी दिए । उनले अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताए ।
 

ad
ad