मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर २७ शनिबार
  • Monday, 14 July, 2025
२o७७ मङ्सिर २७ शनिबार १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर शाक्य भन्छन्- स्थानीयको असहमतिले सम्पदा पुनर्निर्माण ढिला भयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २७ शनिबार १५:२५:oo

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले स्थानीयवासी र सरोकारवालाको असहमतिका कारण सम्पदा पुनर्निर्माण तथा सांस्कृतिक संरचनाको मर्मत कार्यमा ढिला हुने गरेको बताएका छन् । 

‘महानगरको प्रक्रियामा ढिलाइ  भएको छैन, स्वामित्व र उपभोगका लागि हुने विवादले काममा अवरोध हुने गरेको छ,’ उनले भने । 

उनले सम्पदा बचाउनका लागि महानगर लगानी गर्न तयार रहेको बताए । महानगरपालिका–२१, गोफः टोलस्थित ज्यापू समाजको सामुदायिक भवनको शिलान्यासपछि सम्बोधन गर्दै मेयर शाक्यले भने, ‘म खुला रूपमा आव्हान गर्न चाहान्छु, निर्विवाद योजनाको प्रस्ताव लिएर आउनुस्, प्रक्रियामा ढिलाइ हुँदैन, महानगरसँग स्राेतको पनि अभाव छैन ।’

भवनको लागत करिब ६४ लाख रुपैयाँ रहेको छ । साढे ६ तलाको भवन निर्माणमा उपभोक्ताले १५ प्रतिशत खर्च आफैँ व्यहाेर्नेछन् । 

कार्यक्रममा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलले सबैको मन मिले सांस्कृतिक सम्पदा पुनर्निर्माणमा कुनै समस्या नआउने बताए । ‘संस्कार, सभ्यता र परम्परा जोगाउने कुरा राजनीतिक मुद्दा होइन, यो साझा मुद्दा हो,’ उनले भने । 

२१ नं. वडाका अध्यक्ष उदयचुडामणि बज्राचार्यले भित्री सहरी क्षेत्रमा भएका साना–ठूला सांस्कृतिक संरचनाको मर्मत–सम्भार वा व्यवस्थापनका लागि वडाले मोटो बजेट खर्च गरिरहेको बताए । 

भवन निर्माण भएपछि परम्परागत बाजा संरक्षण गर्ने, प्रशिक्षण गर्ने र सामाजिक सांस्कृतिक कार्य गर्नसमेत हलको प्रयोग गर्न सहज हुने ज्यापू समाजले जनाएको छ ।