१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २१ आइतबार
  • Thursday, 03 July, 2025
२o७७ मङ्सिर २१ आइतबार १२:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवाद टुंग्याउन नसक्ने नेकपा सचिवालय अक्षम : अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २१ आइतबार १२:५९:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले नेकपाको सचिवालय अक्षम भएको टिप्पणी गरेका छन् । 

आइतबार आफू निर्वाचित कास्की निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको छिनोफानो गर्न नसकेर सचिवालयले आफ्नो अक्षमता प्रदर्शन गरेको उनको भनाइ थियो । 

अब पनि सचिवालयले नै सबै कुरा मिलाउने उनले धारणा राखे । केन्द्रीय कमिटीसम्म विवाद ल्याउन नहुने उनले बताए । 

पार्टीमा देखिएका विवादलाई तलसम्म नै लगिएको भन्दै उनले यस्तो हुनै नहुने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर रहेका नेता अधिकारीले प्रचण्ड–नेपाल पक्षले तलसम्म गुटगत भेला गरेको आरोप पनि लगाए ।

आफूहरूको तर्फबाट समेत त्यस्ता भेला भएका उनले स्वीकार गरेका छन् । 

‘उहाँहरू (प्रचण्ड–नेपाल पक्ष)ले तलसम्म नै गुटगत भेलाहरू गरिरहनु नै भएको छ । हाम्रातर्फबाट पनि केही हदसम्म त्यस्ता भेलाहरू भएका होलान्,’ उनले भने, ‘यस्तो काम गर्नु हुँदैनथ्यो, रोकिनुपर्दछ ।’

नेकपा नफुट्ने दाबी गर्दै उनले टाउको फोराफोर गरेरै भए पनि एकता जोगाउनुपर्ने बाध्यता रहेको बताए । परिवर्तनलाई संस्थागत गर्न र जनअपेक्षा पूरा गर्न नेकपा एकता आवश्यक रहेको उनले धारणा राखे ।

‘नेकपा एकता टाउको फोराफोर गरेरै भए पनि जोगाउनुपर्ने अवस्था छ । सचिवालयले नै यसको निर्णय लिनुपर्थ्याे, सकेन । अब पनि सचिवालयले यसको टुंगो लगाउनुपर्छ । केन्द्रीय कमिटीसम्म पार्टीको विवाद आउन हुँदैन,’ उनले भने ।