१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बैठकमा नगए ओलीलाई नै नोक्सान हुन्छ, भाग्न पाउनुहुन्न : अष्टलक्ष्मी शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:२४:oo

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् । 

कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ दिने अनि छलफलमा सहभागी हुन्न भनेर ओलीले भाग्न नमिल्ने उनको तर्क छ । दुई अध्यक्षको फरक–फरक प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने उनको दाबी छ । 

सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि गम्भीरतापूर्वक छलफल हुनुपर्ने उनको भनाइ छ । पार्टीलाई एकढिक्का कसरी बनाउने भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उनले बताइन् ।

ad
ad