मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्छ : मन्त्री अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार १६:०६:००

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताएकी छिन् ।  

शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता गरिने बताएकी हुन् । 

उनले सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने बताइन् । 

उनले यस्तै किसानले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफैँ बजारको स्थापना गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुनेछ । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरु भइसकेको छ ।’ 

सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् । 

उनले सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादीको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ खाद्यवस्तु उपभोग गर्ने वातावरण निर्माण गरिने बताइन् ।