१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १९ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर १९ शुक्रबार १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुप्तचर प्रमुखलाई राति निवासमा भेटेकाे सुहाएन– भीम रावल, ‘रअ’ प्रमुखकाे हिसाबले उनी आएका हाेइनन्- परराष्ट्रमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर १९ शुक्रबार १२:३४:oo

नेकपा नेता भीम रावलले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई राति प्रधानमन्त्रीनिवासमा प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यस्तो भेटघाटले प्रधानमन्त्रीको मर्यादा र देशको मर्यादा पनि नबढाउने उनको भनाई छ ।

रावलले भने, ‘भारतीय गुप्तर प्रमुख नेपाल आए । यसबारेमा सरकारले कुनै जानकारी गराएको पनि थिएन । राति प्रधानमन्त्रीनिवासमा भेट्ने कुरा मिलेन । यसले प्रधानमन्त्रीको मर्यादा र देशको मर्यादा पनि बढाउँदैन । हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो । यो कुरा मेल खाँदैन ।’

भेटघाटबारे पार्टी र पार्टीका वरिष्ठ नेताहरूलाई पनि थाहा नभएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

नेता रावलकाे भनाइकाे जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘रअ’का प्रमुख सामन्तकुमार गोयलकाे नेपाल भ्रमण ‘रअ’का प्रमुखका रूपमा नभएकाे बताए । 

उनले भने, ‘गाेयलको भ्रमणको बारेमा उहाँ ‘रअ’को प्रमुखको रूपमा नेपाल भ्रमणमा आउनुभएको हाेइन । भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएको हो । उहाँकाे भ्रमणकाे रिजल्ट अहिले आइसकेको पनि छ ।’