१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तनहुँ घटनाको समीक्षा गर्न देउवाले बोलाए पदाधिकारी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:o८:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् ।घटनाका सम्बन्धमा छलफल गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । 

बुढानीलकण्ठस्थित देउवानिवासमा शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि बिहीबारकै लागि बैठक बोलाइएको थियो । तर, वरिष्ठ नेता पौडेलसमेत काठमाडौं आउने र उनको समेत उपस्थिति हुने गरी शुक्रबार दिउँसोलाई बैठक सारिएको हो । 

गृहजिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका नेता पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी तीन घन्टा नियन्त्रणमा राखेको थियो । साँझ कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका थिए । 

नेता पौडेलसहित नेता–कार्यकर्तामाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने बताएका थिए । शुक्रबारको बैठकमा घटनाको समीक्षा गर्दै सरकारको प्रवृत्तिको प्रतिरोधका विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

ad
ad