Skip This
जापानको बेरोजगार दर तीन वर्षयताकै उच्च 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रासस/सिन्ह्वा
२o८१ बैशाख २६ बुधबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ

जापानको बेरोजगार दर तीन वर्षयताकै उच्च 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:२४:oo

जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यावसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । 

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अक्टोबरमा ८० हजार व्यक्ति बेरोजगार बनेसँगै  कुल बेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । 

जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको बेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेको, तर महिलातर्फको बेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको तथ्यांकले देखाएको छ । 

त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक सय व्यक्तिका लागि एक सय चार पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलोपटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक संकटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रमबजारलाई जटिल संकटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुऱ्याइएको छ ।

ad
ad