Skip This
ad
नेप्सेमा ‘आक्रामक बुल’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा ‘आक्रामक बुल’

एकै दिन ७५ अंकले परिसूचक बढ्यो, कारोबार ९ अर्ब नाघ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:४o:oo

बजार ‘अदृश्य क्षेत्र’मा आइपुग्दा झन् आक्रामक रूपमा अघि बढ्न थालेको छ । पुरानो उचाइ १ हजार ८ सय ८१ लाई पार गरेपछि नेप्से करिब ८७ अंकले बढिसकेको छ भने आइतबार एकै दिन ७५ अंकले यसमा वृद्धि भएको छ ।

 नेप्से परिसूचक १ हजार ९ सय ६८ बिन्दुमा पुगेको छ । पुरानो उचाइ तोडेपछि कुन बिन्दु आगामी उचाइ हो भन्न गाह्रो हुने भएकाले यही नै कीर्तिमानी बिन्दु भए–नभएको भन्न मिल्दैन । तर, यस दिन कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । यस दिन मात्रै बजारमा ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हुन त कारोबार रकमका आधारमा समेत केही दिनयता हरेक दिन नयाँ कीर्तिमान भने बनाइरहेको छ । 

वाणिज्य बैंक सूचीकृत बैंकिङ र विकास बैंकको समूहगत परिसूचकमा यस दिन सबैभन्दा धेरै उछाल आएको छ । यी दुवै परिसूचक क्रमशः ७ दशमलव ८१ (११२ अंक) र ८ दशमलव ११ (१७३ अंक) प्रतिशतले वृद्धि भएको छ । तुलनात्मक रूपमा ठूला आधार भएका बैंकहरूको मूल्य अन्य सूचीकृत कम्पनीहरूभन्दा कम हुनु, यही वर्गमा पनि धेरै कम्पनीको मूल्य २ सयभन्दा कम भएकाले लगानीकर्ताको नयाँ रणनीतिमा बैंकहरू पर्न थालेका छन् । यही कारण आइतबार २१ कम्पनीको मूल्य १० प्रतिशतले बढेकोमा सबै बैंक र विकास बैंकहरूबाट छन् ।

आइतबार भएको कुल कारोबार रकममा बैंकिङ र विकास बैंकले मात्रै ३० प्रतिशत ओगटेको छ । वाणिज्य बैंकहरूको २ अर्ब ७४ करोडको र विकास बैंकहरूको २१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति अर्थात् बजार पुँजीकरण २६ खर्ब ३७ अर्ब पुगेको छ ।  

यस दिन व्यापारमूलक समूह, होटेल, निर्जीवन, उत्पादन तथा प्रशोधनमूलक समूहगत परिसूचक भने घटेका छन् । कारोबारमा आएकामध्ये १ सय २ कम्पनीको मूल्य बढेको र ५६ कम्पनीको घटेको हो । बजार बढ्न थालेपछि भने विशाल बजार कम्पनी, आँखु खोलालगायतको सेयर ६ देखि १० प्रतिशतसम्म घटेको थियो । यी कम्पनीहरूमा यसअघि उच्च वृद्धि भइरहेको थियो । 

नेप्सेको मैनबत्ती चित्रले भने सेतो लामो मैनबत्ती आकृति बनाएको छ । यसले लगानीकर्ताको मनोविज्ञान बजार बढ्नेमा उच्च देखिएको संकेत गर्छ । १४ दिने आरएसआई सूचक ९७ दशमलव ९६ छ । यसले बजारमा अधिक खरिद रहेको संकेत गर्छ । त्यस्तै, ७ दिने मुभिङ एभरेज रेखा २१ दिनेभन्दा दूरी बनाएरै माथि रहेकाले बजार बुलिस प्रवृत्ति कायम रहेको संकेत गर्छ । 

ad
ad