मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ९ मंगलबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार

बिबिसीको सयजना प्रेरणादायी महिला सूचीमा नेपालकी सपना रोका मगर पनि

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ९ मंगलबार १३:५५:००

बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ । 

बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडएदेखि नेपालकी सपना रोका मगरसमेतलाई समावेश गरेको छ । १८ वर्षीया सपना बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। बिबिसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छिन्। 

कसरी हुन्छ छनौट ?
बीबीसीका विश्वभर रहेका प्रतिनिधि तथा विभिन्न भाषामा काम गर्ने प्रतिनिधिको सहयोगमा बीबीसी सय प्रभावशली महिला टिमले सुरुमा नाम छनौट गर्छ । त्यसमध्ये पछिल्लो १२ महिनामा उनीहरूमाथि बनेका समाचार र स्टोरीको अध्ययन हुन्छ । अध्ययनपछि सबैभन्दा प्रेरणादायी र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति छनौट गरिने जनाइएको छ ।