१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २१:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्घटनामा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २१:o८:oo

चितवनमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको  एनएल ०१ एल २४६० नम्बरको एल्पी ग्यासको भारतीय बुलेटले सोही दिशाबाट आइरहेको प्रदेश नम्बर ३ – ००२ प ११८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका– ५ का ३० वर्षीय नवराज दनै र सोही ठाउँका २२ वर्षीय सचिन दनै छन् । सोमबार साँझको दुर्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने बुलेट र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

ad
ad