१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बन्दीपुरमा मिनी ग्रेटवाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५२:oo

कोरोनाका कारण सुनसान बनेको पर्यटकीयस्थल बन्दीपुर बजारमा चाडपर्व सकिएसँगै देखियो चहलपहल, आन्तरिक पर्यटक बढे

तनहुँको बन्दीपुरलाई पहाडकी रानीको नामले पनि चिनिन्छ । यतिवेला यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । नेपालीका ठूला चाडपर्व सकिएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको संख्यामा वृद्धि आएको हो । कोभिड–१९ का कारण सुनसान बनेको बन्दीपुर बजार चाडपर्व सकिएसँगै जुर्मुराउन थालेको हो । 

अहिले दैनिक चार÷पाँच सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् । जसमध्ये आन्तरिक पर्यटक धेरै छ । ‘यहाँ आएका पर्यटकहरू मनोरम दृश्य र विभिन्न हिमाल हेरेर मस्त हुन्छन्,’ प्रधान भन्छन् । दिउँसो रमणीय ठाउँहरू घुम्ने गरे पनि रात काट्न भने घर नै फर्किने गरेको उनले बताए । अझै पनि बन्दीपुर घुम्न आउने पर्यटक होटेलमा बस्न सकेका छैनन् । ‘कोभिडका कारण उनीहरूमा त्रास अझै पनि छ, जसले गर्दा दिउँसो घुमघाम गरे पनि वास बस्न भने आफ्नै घर फर्किन्छन्,’ उनले भने ।

ग्रेटवालको लम्बाइ चार किलोमिटर रहनेछ भने बीचबीचमा पार्कसमेत बनाइनेछ । चीनको जस्तै ग्रेटवालको झल्को दिने गरी बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण गर्न लागेका हौँ । ग्रेटवालका लागि भानु माविदेखि मुकुन्देश्वरी मन्दिरसम्म पर्खाल निर्माण गरिनेछ ।  पूर्णसिंह थापा, अध्यक्ष, बन्दीपुर गाउँपालिका

व्यवसायीेले मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड अपनाएर होटेल सञ्चालन गर्दै आइरहे पनि पर्यटकहरू होटेल छिर्न भने अझै डराइरहेका छन् । लकडाउनका कारण घरमै बसेर आत्तिएका आन्तरिक पर्यटक रिफ्रेस हुन बन्दीपुर आउने गर्छन् । तर, कोराना त्रासका कारण राति बस्ने आँट गर्न सकेका छैनन् । गर्मीमा पनि चिसो हावा चल्ने र जाडोमा बिहानै घाम लाग्ने भएकाले बन्दीपुर पर्यटकको रोजाइमा पर्ने गरेको हो । पर्यटकको चहलपहल बढेपछि बिस्तारै बन्दीपुरले लय लिँदै गएको छ । सानाठूला गरी बन्दीपुरमा अहिले ७० वटा होटेल सञ्चालनमा छन् । 

कुनै समय यहाँका होटेलमा पर्यटक राख्न भ्याइनभ्याई हुने गरे पनि पछिल्लो समय फैलिएको कोरोनाको कारण बन्दीपुरको पर्यटन क्षेत्र प्रभावित बनेको होटेल व्यवसायी बैंस गुरुङले बताए । कोभिडका कारण यहाँको पर्यटन नराम्ररी प्रभावित बनेको छ । ‘बन्दाबन्दीअघिसम्म दिनहँु एक हजारको संख्यामा पर्यटक आउँथे, त्यसमध्ये धेरैजसो विदेशी हुन्थे । तर, लकडाउनपछि भने होटेल व्यवसाय धरासयी बन्यो । करिब आठ करोड खर्च गरेर सुविधासम्पन्न होटेल निर्माण गरेको छु । राम्रोसँग होटेल सम्पन्न पनि भएको थिएन । सम्पन्न हुन नपाउँदै लकडाउन भयो, जसले गर्दा बैंकको किस्ता तिर्नसमेत समस्या भयो । अब बिस्तारै पर्यटन क्षेत्रले गति लिने आसमा छौँ,’ उनले भने ।

बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माणलाई तीव्रता दिएको छ । दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको ग्रेटवालको एघार सय मिटर पर्खाल लगाउने काम सकिएको छ । पर्खाल निर्माणमा अहिलेसम्म ७० लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् । उनका अनुसार पर्यटक आकर्षित गर्न मिनी ग्रेटवाल निर्माणको अवधारणा ल्याइएको हो । बन्दीपुरमा दुई करोडको लागतमा भ्युटावर निर्माण गर्न लागिएको छ । पाहुनालाई मनोरम दृश्यको अवलोकन गराउन गाउँपालिकाले भ्युटावर निर्माण गर्न लागेको हो । 

 

ad
ad