मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार १८:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनालले भने- नेता पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही होस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार १८:३१:००

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेता तथा सांसद सुरेन्द्र पाण्डेमाथि सुनियोजित घटना भएको बताउँदै संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । वक्तव्य जारी गरी खनालले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका हुन् । 

कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय रहेको भन्दै खनालले घटनाको निन्दा तथा भर्त्सना गरेका छन् । 
 
विकास आयोजनाहरूको अनुगमन गर्न र  पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन चितवनमा रहेका पाण्डे राप्ती नगरको  पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको वेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको खनालले बताएका छन् । 

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा भएका यस्ता घटनाले स्थितिलाई  झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता तथा कार्यकर्तालाई खनालले अनुरोधसमेत गरेका छन् ।