मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १६:४१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघ चुनाव : ६४ पदका लागि एक सय २७ उम्मेदवार निर्वाचन लड्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १६:४१:००

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभामार्फत चयन हुने नयाँ कार्यसमितिका लागि एक सय २७ जनाको उम्मेदवारी परेको छ । 

महासंघको निर्वाचन समितिले आज (शुक्रबार) उम्मेदवारहरूको अन्तिम नामावली जारी गरेको हो । निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरूसहित कार्यकारिणी समिति सदस्यहरूको कुल ६४ पदका लागि एक सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ । 

महासंघको चुनावमा दुई प्यानल देखिएका छन् । जसअन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसाेसिएटतर्फ रामचन्द्र संघाईको उम्मेदवारी परेको छ । 

यस्तै किशाेर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसाेसिएटतर्फ शौरभ ज्योतिको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार जिल्लानगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एसाेसिएटतर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । 

यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि तीनजनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि उम्मेदवारी दिनेहरूले आफ्नो अनुभवलाई देशको समग्र व्यावसायिक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्न उम्मेदवारी भएको बताएका छन् ।

मतदान गर्न पाउने सदस्यहरूको नामावलीसमेत महासंघ निर्वाचन समितिले प्रकाशित गरिसकेको छ । 

जसमध्ये जिल्लानगर उद्योग वाणिज्य संघतर्फ रहेको एक सय सात सदस्यमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा १२ जना, बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा १० जना सदस्य तथा संघसंस्था रहेका छन् । 

यस्तै, वस्तुगततर्फ एक सय एक सदस्य रहेका छन् । मतदान गर्न पाउने द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ जना, एसाेसिएटतर्फ नाै सय २१ सदस्य रहेका छन् । 

यसबाहेक १२ वटा संस्थापक सदस्य तथा संघसंस्थाले समेत मतदान गर्न पाउनेछन् ।