१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर ४ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

आठ महिनापछि खुल्यो लुम्बिनी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ४ बिहीबार १०:३०:००

गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । बुधबार खुलेसँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ । सरकारले गत शुक्रबार पर्यटकीय गन्तव्य खुलाउने निर्णय गरेसँगै बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

पर्यटकका लागि खुला गरिएको लुम्बिनीमा मायादेवी मन्दिरभित्र भने प्रवेश गर्न नपाइने सदस्य सचिव शाक्यले बताए । मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भ, पुस्करिणी पोखरी, बगैँचा, विभिन्न विहारहरू पनि खुला रहेको उनले बताए । 

कोरोना भाइरसको महामारीका कारण गत ११ चैतदेखि लुम्बिनी आन्तरिक तथा बाह्य पर्यटकको प्रवेश बन्द गरिएको थियो । बुधबार खुलेसँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहिलो दिन नै दुई हजार पाँच सयभन्दा बढी आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । 

कोषका अनुसार बुधबार मुख्य मन्दिर परिसरमा एक हजार तीन सयभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै, विहार क्षेत्र, पिकनिक स्थल क्षेत्रमा पनि थुप्रै आन्तरिक पर्यटकले अवलोकन गरेको भट्ट्रराईले बताए । लुम्बिनी प्रवेश गर्ने पर्यटकहरूले मास्क भने अनिवार्य प्रयोग गर्नु पर्नेछ । त्यसैगरी विभिन्न स्थानमा तापक्रम पनि परीक्षण गर्ने व्यवस्था गरिएको छ ।