मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ३० आइतबार
  • Thursday, 10 July, 2025
२o७७ कार्तिक ३० आइतबार १६:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कागेश्वरी पुस्तकालयको प्रांगणमा देवकोटा, अर्याल र विकलको पूर्णकदको सालिक स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ३० आइतबार १६:१३:oo

काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्रांगणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको सालिक निर्माण कार्य पूरा भएको छ ।

देवकोटाको सालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको सालिक हालै तयार गरिएको हो ।

१११औँ लक्ष्मीजयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिस्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरूको सालिकमा माल्यार्पण गरे ।

कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतको उपस्थिति थियो ।

आर्थिक वर्ष ०७५/७६ मा रु. ४० लाख विनियोजन गरेर शान्ति उद्यान र लक्ष्मीप्रसाद देवकोटा सालिक निर्माण गरिएको फुँयालले बताए ।