१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लक्ष्मीपूजाको समयमा मन्त्री पुन भारप्रेषण केन्द्रमा, भन्छन्- बत्ती जाँदैन, ढुक्कले दीपावली मनाऔँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:२३:oo

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेका छन् । देशभरको विद्युत् आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन् । 

नेपालीहरूको दोस्राे ठूलो चाड तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत् खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलिमिली बत्तीका कारण लक्ष्मीपूजाको समयमा विद्युत् माग अत्यधिक हुन्छ ।  विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस् भन्नका लागि आफैँ एलडिसीमा उपस्थित भएको पुनले बताए । 

‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मीपूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ,’ पुनले भने । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन अपिल गरे । सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरूलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ । 

भारप्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधिजडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत्गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ । 

प्राधिकरणका अनुसार शुक्रबार पिकआवरमा अधिकतम विद्युत् माग १२ सय मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत् उपलब्ध छ । मागभन्दा बढी विद्युत् भएकाले कतै पनि विद्युत् अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । 

मन्त्री पुन राति अबेरसम्म भारप्रेषण केन्द्रमै रहने कार्यक्रम छ । मन्त्री पुनलाई भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत् उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका छन् । 

ad
ad