१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २४ सोमबार २१:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश २ सरकारले किन्यो ५० सिट क्षमताका पाँचवटा सार्वजनिक गाडी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २१:३३:oo

प्रदेश २ सरकारले धनतेरस पर्वको अवसरमा पाँचवटा सार्वजनिक गाडी खरिद गरेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले गाडी गरिद गरिएको प्रदेश सरकारले जनाएको छ । 

आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रमअनुरूप पाँचवटा गाडी खरिद गरेको र केही दिनभित्रै सञ्चालन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सस्तो भाडादरमा प्रदेशका जनताको सहज रूपमा यातायातको सुविधा उपलब्ध गराउने उद्देश्यले गाडी खरिद गरिएको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताए ।

भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षमा गाडी खरिद गर्न चार करोड रुपैयाँ विनियोजन गरेको छ । केही दिनमा औपचारिक कार्यक्रम गरी विधिवत रूपमा गाडी सञ्चालन गरिने सोनलले बताए । खरिद गरिएका गाडी धनुषाको महेन्द्रनगरस्थ्ति सिप्रदीको गोदामामा राखिएको छ । 

यी रुटमा चल्ने
प्रदेश २ सरकारले खरिद गरेको गाडी विभिन्न तीनवटा रुटमा चल्ने भएका छन् । जनकपुर–वीरगन्ज रुटमा दुईवटा, जनकपुर–राजविराज रुटमा दुईवटा र राजविराज–वीरगन्ज रुटमा एउटा गाडी सञ्चालन हुनेछ । ५० सिट क्षमता भएको गाडीमा पंखा, वाइफाई, एलइडीको समेत सुविधा रहेको छ । 

संघीय सरकारले खरिद गरेको साझाजस्तै प्रदेश सरकारले पनि गाडी खरिद गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात व्यवस्था महाशाखाका इन्जिनियर विनोद यादवले बताए । 

चालक नियुक्ति र टिकटको भाडादर चाँडै तोकिने 
प्रदेश सरकारले गाडी खरिद गरे पनि चालक अझै नियुक्त गरेको छैन । विभिन्न रुटमा लाग्ने भाडाको समेत अहिलेसम्म निर्णय भएको छ । मन्त्रालयले भने गाडी आएपछि आवश्यक कागजात तत्काल पूरा गरी छिटै नै सञ्चालनमा ल्याउने जनाएको छ ।

ad
ad