१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ कार्तिक २५ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 विद्युतीय गाडीको कर घटाउन  राप्रपा अध्यक्ष थापाको माग

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २५ मंगलबार १०:२३:००

राप्रपा अध्यक्ष कमल थापाले  विद्युतीय गाडीमा बढाइएको कर घटाउन माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यवाद दिँदै  अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तीमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गरेका छन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठीक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तीमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु ।’

प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गर्दै विद्युतीय गाडीको विषयमा थापाले सम्झाएका हुन् 

पुस्तकमा भन्सार/कर बढाउने सरकारको निर्णय ठीक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तीमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु@kpsharmaoli @bpaudel1959— Kamal Thapa (@KTnepal) November 10, 2020