१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अहिलेकाे व्यवस्था समस्याको पोको भयो, परिवर्तन गर्ने समय आयो : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:o२:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था समस्या नै समस्याको पोको भएको भन्दै परिवर्तन गर्ने समय आएको बताएका छन्। अहिलेको व्यवस्थाले देश र जनताको अवस्था परिवर्तन गर्न नसक्ने भन्दै थापाले गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षता मुलुकले धान्न नसक्ने दाबी गरे।

गणतन्त्र भ्रष्टाचारको संरक्षक र बेथितिको मूल भएको दाबी गर्दै उनले यो प्रणाली र व्यवस्थाले मुलुकलाई सुरक्षित राख्न नसक्ने बताए। देशलाई बचाउन र बनाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र आवश्यक भएको भन्दै थापाले गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको बताए। 

पार्टीको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सस्तो र चर्का कुराले मुलुकको समस्याको समाधान हुन नसक्ने चर्चा गर्दै दीर्घकालीन सोच र कार्ययोजनाविना दिगो विकास र स्थायित्व हुन नसक्ने बताए। अहिलेको प्रणाली सहमतिमै परिवर्तन हुन सक्ने भन्दै सहमति गर्न कन्जुस्याइँ गरे आन्दोलनको विकल्प नहुनेसमेत थापाले प्रस्ट्याए।

व्यवस्था परिवर्तनको लागि सडकमा आउने शक्तिहरू सबैलाई समेटेर एकजुट भएर आन्दोलनमा जाने विषयमा राप्रपा नेपालले पहल गर्नेसमेत उनको धारणा थियो। लुटतन्त्रले निरन्तरता पाए मुलुक थिलथिलो हुने भन्दै थापाले अब निर्णायक आन्दोलनको जरुरी भएको बताए।

बैठकले इलाम उपनिर्वाचनलक्षित कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। अध्यक्ष थापालगायत पदाधिकारीहरू इलाम जानेसमेत तयारी गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकले उपनिर्वाचनको लागि सहमहामन्त्री तेज कुरुङवाङको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ। समितिमा प्रेम भट्टराई, माधव आचार्य, ममता राई, रोहित पौडेल, भरत पोखरेल, कमल खरेल रहेका छन्।

ad
ad