१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस/एपी
२o८१ बैशाख १९ बुधबार १२:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन

Read Time : > 1 मिनेट
रासस/एपी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४८:oo

संयुक्त राज्य अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्याशी जो बाइडेन विजयी भएका छन् ।  रिपब्लिकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मतसहित गरी कुल २७३ मत प्राप्त गरेसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि)मध्ये दुई सय ७० मत आवश्यक पर्छ । 

गत मंगलबार भएको निर्वाचनबाट मतगणनामा अनेक उतारचढाबबीच झन्डै पाँच दिनपछि बाइडेन निर्वाचित भएका हुन् । अन्य राज्यहरू जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ । बाइडेनले देशभरबाट सात करोडभन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै मत प्राप्त गरेको यो पहिलोपटक हो । 

राष्ट्रपति ट्रम्पले भने डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । उनले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने धम्की दिइरहेका छन् । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित भएकी छिन् । उनी उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–दक्षिण एसियाली–अमेरिकी मूलकी हुन् । 

राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्विट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिन निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने प्रस्ट्याए । राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।’ उनले भने, ‘हामीले एक–अर्का अमेरिकीलाई शत्रुका रूपमा व्यवहार गर्नुहुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्छ । हामी दुश्मन होइनौँ, हामी सबै अमेरिकी हौँ ।’

बाइडेनसामु चुनौतीका चाङ
कोरोना भाइरसका कारण दुई लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७८ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ । 

डेलावेयरको सभामा स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आमजनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यलाई मतदान गरेको बताइन् । उनले जो बाइडेन प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताइन् । 

राष्ट्रपति ट्रम्पले भने चुनावमा परास्त भएको स्विकारेका छैनन् । उनले आफूले कानुनी चुनौती दिने बताएका छन् । तर, यस्तो चुनौतीबारे प्रस्ट भइसकेको छैन ।  

ad
ad