मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १९ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १९ बुधबार १८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवादबारे बाबुरामले भने– अग्रगमन र पश्चगमनबीचको लडाइँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १९ बुधबार १८:२७:oo

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको विवादलाई अग्रगमन र पश्चगमनबीचको लडाइँको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भनेका छन् । 

भट्टराईको ट्विट जस्ताको तस्तै 
हामीलाई फोन गरेर स्वास्थ्यलाभको कामना गरेकोमा प्रमलाई धन्यवाद दिँदै यो तीतो सत्य भन्नैपर्छः नेकपाभित्रको किचलो रूपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक, राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो । यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाइँ हो !

ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेन्डा निस्तेज पार्न माओवादी–मधेसवादीविरुद्ध नेकासँग सहकार्य गरे । पछि सत्तानिम्ति चुनावमा नेकाविरुद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ! अब के ? सबैले सोचौँ !