१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी ढाका
२०७७ कार्तिक ११ मंगलबार २०:५४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्सविरुद्ध बंगलादेशमा दशौँ हजारको प्रदर्शन 

Read Time : < 1 मिनेट
एजेन्सी ढाका
२०७७ कार्तिक ११ मंगलबार २०:५४:००

फ्रान्समा हालै मात्र भएकाे साम्प्रदायिक घटनाको विरोध गर्दै बंगलादेशमा विशाल प्रदर्शन भएको छ । 

‘फ्रान्सेली सामानको बहिष्कार गरौँ, इस्लामविरुद्धको जातीय हिंसाको विरोध गराैँ’ भन्ने नारा लगाउँदै राजधानी ढाकामा ५० हजारभन्दा बढीले प्रदर्शन गरेका हुन् । 

हालै मात्र फ्रान्समा इस्लाम गुरु पैगम्बर मोहमदको कार्टुनका कारण एकजना शिक्षकको घाँटी रेटी हत्या गरिएपछि युरोपभरि मुस्लिम समुदायविरुद्ध घृणित अभियान चलेको छ । 

यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले समेत उक्त कार्टुनको प्रतिरक्षा गरेपछि बंगलादेशमा प्रदर्शन चर्किएको हो । 

राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर अधिकांश मुस्लिम देशमा विरोध भइरहेको छ । राष्ट्रपतिले शिक्षकको हत्यामाथि प्रतिक्रिया दिँदै ‘कार्टुनको मूल्य खेर नजाने’ बताएका थिए । 

गत सोमबार टर्कीका राष्ट्रपति एर्डोगनले भने फ्रान्सेली सामान बहिष्कार गर्न आह्वान गरेका थिए ।

बंगलादेशी सञ्चारमाध्यमले जनाएअनुसार बंगलादेशको सबभन्दा ठूला स्लामिक पार्टी इस्लामी आन्दोलन बंगलादेशले आयोजना गरेको उक्त प्रदर्शनमा फ्रेन्च राष्ट्रिपतिलाई समेत कारबाही गर्न माग गरिएको थियो ।

इस्लामिक आन्दोलनका नेता अताउर रहमानले म्याक्रोनलाई सैतानको पूजा गर्ने नेता भन्दै आलोचना गरेको बिबिसीले जनाएको छ । 

साउदी अरब, चिचेन्या, पाकिस्तान, कुवेत, जाेर्डन, कतारलगायतका देशमा पनि फ्रान्सेली सामान बहिष्कार गरिएको बिबिसीले जनाएको छ ।   

गत आइतबार मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फ्रान्सले इस्लाममाथि आक्रमण गर्न खाजेको’ भन्दै विरोध जनाएका थिए । 

तस्बिर : एपिएफ