१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३१ सोमबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारले आदेश अवज्ञा गर्दै राजदेवी मन्दिरमा आठ हजार बोकाको बलि 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:३६:oo

सरकारकाे आदेश अवज्ञा गर्दै जनकपुरधामस्थित राजदेवी मन्दिरमा आठ हजारभन्दा बढी बोका बलि प्रदान भएको छ ।

कोभिड– १९ महामारीलाई मध्यनजर गर्दै यस वर्ष जनकपुरधामस्थित राजदेवी मन्दिरमा बोका बलि प्रदान नगर्न स्थानीय प्रशासनले रोक्दारोक्दै यत्तिको संख्यामा बोका बलि प्रदान गरिएको छ ।

स्थानीय प्रशासनले एक महिना अघिदेखि सर्वपक्षीय निर्णयअनुसार कोरोना महामारीलाई दृष्टिगत गर्दै भिडभाड नियन्त्रण गर्न बोका बलि प्रदान नगर्न–नगराउन निर्देशनसहितको सूचना जारी गरेको थियो । 

तर, स्थानीय युवा कमिटीहरूको दबाबपछि स्थानीय प्रशासन आफ्नाे निर्देशनबाट पछि हटेपछि महाअष्टमीका अवसरममा  शनिबार साँझ साढे ७ बजेदेखि राति साढे बजेसम्म आठ हजार नाै सय ६८ बोका बलि प्रदान भएको छ । 

यसअघिका वर्षहरूमा राजदेवी मन्दिरमा महाअष्टमीमा १४ हजारदेखि १५ हजारसम्म बोका बलि हुने गरेको थियो ।

यस वर्ष कोरोना महामारीका कारण सीमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट श्रद्धालु भक्तजन आउन नसकेको कारण बलस दिने बाेकाकाे संख्यामा कमी भएको पूजा व्यवस्थापक महावीर युवा कमिटीका सन्तोष साहले बताएका छन् ।

कोरोना महामारीलाई मध्यनजर गरी गृह मन्त्रालयले शक्तिपीठहरूमा भिडभाड गर्न निषेध गरे पनि जनकपुरधाममा स्थानीय प्रशासनको निरीहताका कारण दसैँको घटस्थापनादेखि नै बलि प्रदानसहित विभिन्न पूजापाठमा राजदेवी मन्दिरसहितका शक्तिपीठहरूमा हुँदै आएको छ । 
 

ad
ad