१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ९ आइतबार १३:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साझा पार्टीका संयोजक मिश्रको परराष्ट्रमन्त्री ज्ञवालीलाई आठ प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ९ आइतबार १३:५८:००

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गाेयललाई भेटेको सम्बन्धमा आठ प्रश्न सोध्दै स्पष्ट पार्न आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस भेटमा सूचना लुकाएर ढाकछोप गरिएकोसमेत जनाएका छन् । साथै उनले यस गतिविधिबाट देशको स्वाभिमान अहिलेसम्मकै तल झरेको पनि ठहर गरेका छन् ।

उनले भनेका छन्, ‘ढाकछोपको पनि सीमा हुन्छ । यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो । सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुऱ्याएको गम्भीर आरोप छानबिन हुन सक्थ्यो । तर, विडम्बना कुरा, भ्रष्टाचार मात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै छ ।’

प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको विषयलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा भेटेको प्रतिक्रिया दिएका थिए । 

संयोजक मिश्रले तेर्साएका आठ प्रश्न यस्ता छन् –

परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रश्न -
भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन् : परराष्ट्रमन्त्री प्रदLप ज्ञवाली

१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलि मात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन,  परराष्ट्र मन्त्रालयसँग सम्मन्वय भयो कि भएन ?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेकोर ? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?

ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो । सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुऱ्याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो।

तर, विडम्बनाको कुरा, भ्रष्टाचार मात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै छ।