मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १२ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १२ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीका नेता हुनिङबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १२ सोमबार १७:५८:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता वाङ हुनिङसँग भेटवार्ता गरेका छन्। 

आजै बिहान बेइजिङ पुगेका उनले अपराह्न भेटवार्ता गरेका हुन्। आजै साँझ परराष्ट्रमन्त्री श्रेष्ठले चिनियँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानसँग भेटवार्ता गर्नेछन्।

हुनिङ नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुन् । यो निकाय चीन सरकारको सल्लाहकार निकाय हो । वाङ चिनियाँ राष्ट्रपति सी जिनपिङका अत्यन्तै निकट हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भेटवार्ता गर्ने कार्यक्रम छ।