१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए २४०२ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १६:४१:००

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुई हजार चार सय दुईजना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार उपत्यकाका तीन जिल्लामा दुई हजार ४ सय दुईजनामा संक्रमण देखिएको जानकारी दिए ।

काठमाडौंमा एक हजार सात सय ८४, ललितपुर तीन सय ७४ र भक्तपुरमा दुई सय ४४ संक्रमित थपिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १६ हजार पाँच सय ३१ जनाको पिसिआर परीक्षण गरिएकोमा थप चार हजार तीन सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । 

अहिलेसम्म १२ लाख ५४ हजार एक सय ६७ जनाको पिसिआर परीक्षण गर्दा कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ ।