१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित यी चार प्रदेशमा आज पनि वर्षाकाे सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:oo:oo

आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार हिजो–अस्तिको तुलनामा आज मौसम केही सफा हुने भए पनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ। अहिले नेपालमा पश्चिमी वायुको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि मुख्यतया बदली छ।

मौसमविद् अर्यालले भने, ‘नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली छ।’

काठमाडौंको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर छ। आजको न्यूनतम तापक्रम १३.६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् अर्यालले बताए।  

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली छ। देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। 

ad
ad