Skip This
ad
पोखरा महानगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गोविन्द सुवेदी
२o८१ बैशाख २५ मंगलबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पोखरा महानगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द

Read Time : < 1 मिनेट
गोविन्द सुवेदी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:४१:oo

पोखरा महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ । 

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै अन्य कर्मचारी पनि कार्यस्थलमा खटिन नसक्ने भएपछि सेवा अनिश्चितकालका लागि बन्द गर्नुपरेको उनले बताए ।

महानगरका पदाधिकारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका कारण भेटघाट तथा बैठकहरूसमेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको मेयर जिसीले सूचनामा उल्लेख गरेका छन् । 

पोखरा महानगर कार्यालयका एक सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारीमा समेत लक्ष्यण देखिएपछि बुधबार नै स्वाब संकलन गरिएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । 

महानगरका ३३ वटै वडा र अन्य विषयगत कार्यालय भने खुला रहनेछन् ।

ad
ad