१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o९:oo

वर्नर कार्ल हाइजेनबर्ग १९ वर्षका छँदा विश्वविद्यालयमा पालेको काम गर्थे । आफ्नो काम सकाएर विश्वविद्यालयबाट फर्किंदै गर्दा एक दिन उनले कतैबाट प्रख्यात दार्शनिक प्लेटोको एउटा पुस्तक भेटे ।

पुस्तकमा प्लेटोले प्राचीन ग्रिसको परमाणुसम्बन्धी सिद्धान्तबारे आफ्नो विचार राखेका थिए । उनीभित्रको विलक्षण प्रतिभा पालेको जागिर खाने क्रममै प्रस्फुटित भइसकेको थियो ।

उनी विश्वविद्यालयको अध्ययन र चिन्तन प्रणालीबाट साह्रै प्रभावित थिए । प्लेटोको पुस्तकले उनीभित्रको त्यो प्यासलाई जगाइदियो । हाइजेनबर्ग प्लेटोको पुस्तकबाट कतिसम्म प्रभावित भए भने उनले त्यस विषयमा भेटेजतिका सबै पुस्तक पढ्न थाले । पालेको जागिरबाट समय निकालेर उनी पुस्तकालयमा समय व्यतीत गर्न थाले । 

त्यसपछि के थियो र, २३ वर्षको उमेरमा उनले आफ्नो बेजोड प्रतिभाको बलमा गोटिजेनमा प्रोफेसर मेक्स प्लंकको सहायकको पदमा नियुक्ति पाए । अर्को वर्ष उनी केपनहेगनको विश्वविद्यालयमा लेक्चरर भइसकेका थिए । ३१ वर्षको उमेरमा पुग्दानपुग्दै भौतिक विज्ञानको अनुसन्धानमा असाधारण योगदान पुर्‍याएबापत उनलाई नोबेल पुरस्कार कमिटीले सन् १९३२ मा क्वान्टम यान्त्रिकीको निर्माणका लागि नोबेल पुरस्कार दिने निर्णय गर्‍यो ।

यो पुरस्कार उनले सन् १९३३ मा लिए । उनले गरेको खोजले पछिका वैज्ञानिकलाई हाइड्रोजनको एलोट्रोपिकको स्वरूपको खोज गर्न निकै सहयोग पुग्यो । पुरस्कृत हुने वेला उनी जर्मनीको लिपजिङ विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्थे । हाइजेनबर्गको जीवनमा आमूल परिवर्तन ल्याइदिने त्यही एउटा पुस्तक थियो । यसर्थ पुस्तकभन्दा असल दोस्रो साथी छैन ।
 

ad
ad