मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:२५:oo

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने १५ खेलाडी घोषणा गरेको छ। 
त्रिवी क्रिकेट मैदानमा मंगलबार वेस्ट इन्डिज ‘ए’ टोलीसँग ७६ रनले पराजित भएपछि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा अनुभवी टोलीको घोषणा गरेको हो। 

अनिलकुमार शाह, स्पिनर सागर र कमलसिंह ऐरीले स्थान बनाएका छन्। वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रूपमा अनिल साह छन्। 

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, आसिफ सेख, आकाश चन्द र विवेक यादवले टोलीमा स्थान बनाउन सकेनन्। 

कप्तान रोहित, कुशल, सन्दीप, दीपेन्द्रसिंह र गुल्सनले मध्यक्रम ब्याटिङ लाइनअप सम्हाल्नेछन्। रोहित, कुशल, दीपेन्द्र र गुल्सनले अलराउन्ड प्रदर्शन गर्न सक्छन्। 

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आगामी जुनदेखि टी–२० विश्वकप आयोजना गर्दै छन्। नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। 

सन् २०१४ पछि नेपालले दोस्रोपटक विश्वकप खेल्न लागेको हो। नेपालले आफ्नो पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। यो खेल अमेरिकाको टेक्सासमा हुनेछ। 

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, प्रतीश जिसी, सन्दीप जोरा, अभिनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी।