Read Time : < 1 मिनेट
२o८१ बैशाख २६ बुधबार १२:११:oo
कोरोना संक्रमणका कारण स्याङ्जाकी एक महिलाको ज्यान गुमेको छ ।
स्याङ्जा भिरकोट नगरपालिकाकी ५२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।
उनको बुधबार बिहान ९ बजेर ३४ मिनेट जाँँदा निधन भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनका अनुसार ती महिलालाई २६ असोजमा आइसियूमा भर्ना गरी उपचार भइरहेको थियो ।
योसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड उपचार केन्द्रमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।
जसमा कास्कीका १३, नवलपुरका नाै, गोरखाका सात, तनहुँका पाँच, स्याङ्जाका पाँच, म्याग्दीका एक, लमजुङका एक र बाग्लुङका एकजना छन् ।