१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
एजेन्सी न्युयोर्क
२o८१ जेठ ६ आइतबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अन्तरिक्षयानको  मिसन स्थगित : नासा

Read Time : < 1 मिनेट
एजेन्सी, न्युयोर्क
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:१४:oo

नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्षयान’को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । प्राविधिक समस्याका कारण दर्साउँदै प्रक्षेपण स्थगित गरिएको हो । स्टारलाइनर एक अन्तरिक्षयान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, सामग्री र उपप्रणाली प्रविधिहरू संयोजन गर्छ ।

अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसन स्पेस लन्च कम्प्लेक्स–४१ बाट उक्त अन्तरिक्षयानलाई युनाइटेड लन्च एलायन्स एटलस वी रकेटमा प्रक्षेपण गर्ने तालिका रहेको थियो । उडान परीक्षणले नासाका अन्तरिक्षयात्री बुच विल्मोर र सुनी विलियम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लैजानेछ । नासाका अनुसार ‘एटलस वी रकेट’मा सेन्टौरको माथिल्लो चरणमा टोलीले अक्सिजन राहत भल्भको मूल्यांकन गर्ने क्रममा प्रक्षेपणलाई स्क्रब गरिएको थियो । 

ad
ad