मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
रमेश रावल सुर्खेत
२०७७ असोज २७ मंगलबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा नेकपा विवादमा नयाँ मोड : नेपाल समूह अविश्वास प्रस्तावबाट बाहिरियो - एक मन्त्री, उपसभामुख र दलको सचेतक पाउने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ असोज २७ मंगलबार १३:३९:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता माधवकुमार नेपाल पक्षबीच गोप्य सहमति भएको छ । 

सहमतिअनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्ष फिर्ता हुने भएको हो । 

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरू अविश्वासको प्रस्तावबाट पछि हटेका छन् । 

सहमतिअनुसार नेपाल समूहका नेतालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख दिने सहमति भएको स्रोतले जानकारी दिएको छ । 

दलका सचेतक रहेका गुलावजंग शाहलाई साेमबार नै मुख्यमन्त्री शाहीले दलको सचेतकबाट हटाएर सीताकुमारी नेपालीलाई सचेतककाे जिम्मेवारी तोकेका छन् । 

कर्णाली प्रदेशसभाको उपसभामुख रहेकी पुष्पा घर्ती (विष्ट)ले पनि मुख्यमन्त्री शाहीविरुद्धको ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छन् ।  

नेपाल समूहका सात सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभादलको सचेतक पदमा नेपाल समूहका कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । 

उनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।