१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २६ सोमबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तानसेन–बुटवल सडक दैनिक तीन घन्टा बन्द

Read Time : < 1 मिनेट
२०७७ असोज २६ सोमबार ११:४२:००

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड चार दिनका लागि दैनिक तीन घन्टा बन्द गरिएको छ । 

तानसेनको बर्तुङदेखि चिडियाखोलासम्मका विभिन्न स्थानमा गएको पहिरो हटाउन सोमबारदेखि बिहीबारसम्म दैनिक तीन घन्टा बन्द गरिने भएको हो ।

डिभिजन कार्यालय पाल्पाका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको छ । 

बिहान ९ बजेपछि भने सवारी आवागमन खुला हुने पाल्पाका ट्राफिक प्रमुख सइ पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।