१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आधा किलोमिटर सडक निर्माणमा ३९ लाख भ्रष्टाचार, तत्कालीन पालिका उपाध्यक्षसहित नौविरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:५५:oo

आधा किलोमिटर सडक निर्माणमा करिब ३९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका उपाध्यक्षसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कालिकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण गर्दा भ्रष्टाचार भएको हो। गाउँपालिकाको आर्थिक वर्ष ०७५-७६ मा उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा बढी भुक्तानी दिएर भ्रष्टाचार भएको अख्तियारको दाबी छ। 

सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदनमा सडकको लम्बाइ ८२० मिटर, चौडाइ चार मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख भएको थियो। तर, फिल्डमा सडकको वास्तविक लम्बाइ ५२० मिटर, चौडाइ औसत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको अख्तियारको दाबी छ।

गलत नापीकिताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार २७० रुपैयाँ बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। यसमा संलग्न गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सबइन्जिनियर हरिप्रसाद पाण्डेयलगायतलाई अख्तियारले प्रतिवादी बनाएको छ।

त्यस्तै, गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, वडा नं २ का वडाध्यक्ष गौकला सिंह तथा गाउँपालिकाका लेखापाल मलिम रावत पनि मुद्दाका प्रतिवादी छन्। सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

त्यस्तै, बाटो निर्माण गर्दा निर्माणस्थलमा भएकोभन्दा बढीको कार्यसम्पन्न प्रतिवेदन तयार गरेर झुटा बिल-बीजकका आधारमा दुई लाख २२ हजार रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी तथा वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध मुद्दा दायर गरेको छ।

ad
ad