मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २४ शनिबार १३:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केसी पक्षका वार्ता टोली सदस्य भन्छन्- प्रधानमन्त्री र शिक्षामन्त्रीको निर्देशनमा वार्ता भाँडियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २४ शनिबार १३:५७:००

अनशनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औँ पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेपछि प्रदर्शन भएको हो । 

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरूको भनाइ छ । 

प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले असोज २२ मा सरकारी पक्षसँग समझदारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा वार्ता रोकिएको बताए । 

प्रधानमन्त्री र मन्त्रीको निर्देशनपछि वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भए पनि आफूहरूलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाइ भएको उनले बताए । 

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा. केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् । 

सरकार र डा. केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा. केसी पक्षधरको भनाइ रहेको छ ।  केसी पक्षले यसअघि नै विज्ञप्ति निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ ।