१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २१ बुधबार
  • Saturday, 05 July, 2025
तिवारी यादव वीरगन्ज
२o७७ असोज २१ बुधबार १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ किलो अफिमसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २१ बुधबार १२:३७:oo

पर्सा प्रहरीले मंगलबार राति लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको कालlकामाई गाउँपालिका– १ तीनडोयिबाका २९ वर्षीय खोवारीप्रसाद कुर्मी रहेका छन् । 

उनको साथबाट आठ किलो अफिम बरामद भएको पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कुर्मीको घरमा छापा मारेर अफिमसहित पक्राउ गरेको उनले बताए । 

अफिमसहित पक्राउ परेका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरियाकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कुँवरले बताए । 

कुर्मीको घरमा छापा मारेर खानतलासी गर्दा आठवटा पोकामा रहेको आठ केजी अफिम बरामद भएको प्रहरीले जनाएको छ ।