१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाेरखामा कारागार चलानका लागि पिसिआर रिपोर्ट अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२७:oo

गोरखामा कारागार चलान गर्न अनिवार्य रूपमा पिसिआर रिपोर्ट हुनुपर्ने व्यवस्था लागू गरिएको छ । 

कोभिड– १९ बाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरिएको कारागार कार्यालय गोरखाले जनाएको छ । 

कारागार चलान गर्न अनिवार्य रूपमा पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्नेे कार्यालयका सूचना अधिकारी प्रेमबहादुर आलेले बताए । 

‘जिल्ला अदालतबाट कारागार चलान गरे पनि पिसिआर रिपोर्ट नेगेटिभ नआएसम्म प्रहरीकै हिरासतमा राखिन्छ,’ उनले भने, ‘उनीहरूकाे रिपोर्ट नेगेटिभ आएपछि मात्र कारागारमा ल्याउँछौँ ।’ 

यस्तै गत चैतबाट कैदीबन्दी भेटघाटमा पूर्ण रूपमा रोक लगाइएको छ । 

कोभिड– १९ सामान्य अवस्थामा नआएसम्मका लागि कैदीबन्दी भेटघाट गर्न नदिइने आलेले जानकारी दिए ।

क्षमताभन्दा दोब्बर कैदीबन्दी 
गोरखा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएको छ ।

भूकम्पले जीर्ण बनेको भवनमा कैदीबन्दीहरूलाई व्यवस्थापन गर्न समस्या भएको सूचना अधिकारी प्रेमबहादुर आलेले बताए । 
‘कारागारको क्षमता ५५ जनाको हो,’ उनले भने, ‘तर अहिले १०६ जना छन् ।’ ९९ जना पुरुष र सात महिला रहेको उनले बताए । भवन जीर्ण भएका कारण थप समस्या भएको उनी बताउँछन् । 

‘पुरानो भवन भूकम्पले चर्काएपछि जीर्ण बनेको छ, कुन वेला के हुन्छ भन्न सकिन्न,’ उनले भने । 

वर्षाको समयमा पानी चुहिने उक्त भवन जसोतसो मर्मत गरिएको उनको भनाइ छ । नयाँ भवन निर्माणका लागि हालसम्म कुनै कार्य अघि बढ्न नसकेको उनले बताए । 

‘पहिले नयाँ भवन बनाउने कुरा उठेको थियो, तर पछि सेलाउँदै गयो, पहल गरिरहेका छौँ, कही कतैबाट सुनुवाइ हुन सकिरहेको छैन,’ उनले भने । कारागारभित्र शुद्ध खानेपानीको पनि समस्या रहेको उनले बताए ।

ad
ad