Skip This
ad
पाकिस्तानमा सबै शैक्षिक संस्था खुला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रासस/पीटीआई इस्लामावाद
२o८१ बैशाख २६ बुधबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानमा सबै शैक्षिक संस्था खुला

Read Time : < 1 मिनेट
रासस/पीटीआई इस्लामावाद
नयाँ पत्रिका इस्लामावाद
२o८१ बैशाख २६ बुधबार १३:४९:oo

कोरोना महामारीका कारण बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन् । 

सरकारी अधिकारीहरूले झन्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । 

पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झन्डै तीन लाख मानिस संक्रमित भइसकेका छन् । 

विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ । 

त्यसैगरी मापदण्ड पर्याप्त रूपमा पालना भएको वा नभएकोबारे अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

केन्द्रीय शिक्षामन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरू नै आएको बताए । 

कोरोना भाइरसबारे विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझाबका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको उनले जानकारी दिए ।

पाकिस्तानमा अहिलेसम्म कुल तीन लाख १२ हजार दुई सय ६३ जना कोरोनाबाट संक्रमित भएका छन् ।  

संक्रमितमध्ये दुई लाख ९६ हजार आठ सय ८१ जना अहिले पूर्ण रूपमा निको भइसकेका छन् ।

कोरोनाबाट हालसम्म पाकिस्तानमा ६ हजार चार सय ७९ जनाको मृत्यु भएको छ ।  

ad
ad