१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o५:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कारोबार र परिसूचक दुवै घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:२८:oo

केही समयदेखि नेप्से परिसूचकले स्पष्ट दिशा समात्न सकेको छैन । नेप्से घटबढसहित वृद्धिको दिशामा नै देखिँदै आइरहेको भए पनि १ हजार ५ सय ७५ को बिन्दुलाई पार गर्न सकिरहेको छैन । १ वर्षयताकै उच्च बिन्दु १ हजार ६ सय २० को प्रतिरोध परीक्षणमा देखिएको नेप्सेमा लगानीकर्ताले निर्णय लिन सकिरहेका छैनन् । 

सोमबार परिसूचक र कारोबार रकम दुवैमा ह्रास आएको छ । नेप्से ५ अंकले घटेर १ हजार ५ सय ६० मा सीमित भएको हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ४६ प्रतिशतले घटेर १ अर्ब ६९ करोडमा सीमित भएको छ । 

लगानीकर्ताले निर्णय लिन नसके पनि बजार बियरिस प्रवृत्तिमै भने गएको छैन । नेप्से परिसूचकको १४ दिनका आधारमा निकालिएको आरएसआई सूचकले बजारमा अधिक खरिद क्षेत्रमा रहेको देखाउँछ । तर, यो सूचक केही दिनअघि ७८ रहेकोमा घटेर ६२ सम्म पुगेको थियो । आइतबारसम्ममा यो सूचक बढेर करिब ७६ पुगे पनि सोमबार घटेर ७३ मा आइपुगेको छ ।

लगानीकर्ताको कारोबार मनोविज्ञान देखाउने यस सूचक ओरालो लागिरहेकाले निर्णय गर्न नसकिरहेको यसले पनि पुष्टि गर्छ ।  नेप्सेको ७ र २१ दिने रेखाले पनि बजार बुलिस प्रवृत्तिमै रहेको देखाइरहेको छ ।

यी दुई रेखा समानान्तर अवस्थामै रहेकाले यही हुन्छ भन्ने स्पष्ट संकेत गर्दैन । तर, ‘पर्ख र हेर’को रणनीतिमा रहनु नै अहिलेको समयमा सही हुने देखिन्छ । यस दिन बजारमा वित्त कम्पनी र विकास बैंकको सूचकमा मात्र सुधार भएको छ । यी दुईको सुधारले मात्र नेप्से वृद्धिलाई टेवा पुगेको छैन । लगानीको विकल्प बनिरहेका जलविद्युत् कम्पनीमा लगानीकर्ता मुनाफा सुनिश्चित गरिरहेका छन् । 

कारोबारमा आएका १ सय ९१ कम्पनीमा ४५ वटाको मूल्य बढेको र १ सय ६ वटाको मूल्य घटेको छ । वृद्धि संख्या (एड्भान्स) र घटेकाको संख्या (डिक्लाइन) आधारमा हेरिने एडी रेसियोले भने बजार बियरिस प्रवृत्तिमै रहेको संकेत गर्छ । यो सूचक एकभन्दा माथि भए बजार बुलिस र एकभन्दा कम भए सो दिनका लागि बजार बियरिस रहेको मानिन्छ । सोमबार एडी रेसियो शून्य दशमलव ४२ छ ।

मिर्मिरे र सिर्जनशील लघुवित्त एक–आपसमा मर्जरमा जाने भएका छन् । सोमबार बिहान दुई संस्थाबीच यस सम्बन्धमा सम्झौता हुने नेप्सेमा जानकारी गराइएको थियो । मिर्मिरेको सेयर ९ रुपैयाँले वृद्धि भएको छ ।

ad
ad