१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ओसाकाले जितिन् तेस्रो ग्रान्डस्लाम

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo

विश्वको नवौँ वरीयता प्राप्त जापानी खेलाडी नाओमी ओसाकाले शनिबार राति युएस ओपन ग्रान्डस्लाम प्रतियोगिता जितेकी छिन् । 

न्युयोर्कको अर्थुर रंगशालामा सम्पन्न महिलातर्फको फाइनलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजारिन्कालाई १–६, ६–३ र ६–३ को सेटमा हराएकी हुन् । 

२६ वर्षपछि पहिलो सेट गुमाएकी खेलाडीले उत्कृष्ट कमब्याक गर्दै युएस ओपन ग्रान्डस्लाम जित्ने खेलाडीका रूपमा ओसाका रहन पुगेकी छिन् । 

सन् १९९४ मा  सान्चेजले फाइनलमा यस्तो रेकर्ड राखेकी थिइन् । त्यसवेला उनले स्टेफी ग्राफलाई हराएकी थिइन् । ओसाकाले पछिल्लो तीन वर्षभित्र दोस्रोपटक युएस ओपन हात पारिन् । 

ओसाकाले उपाधिसँगै तीन मिलियनले डलर पाएकी छिन् । कोरोना भाइरसको महामारीका कारण यसपटक युएस ओपनको विजेता धनराशि ८ करोड ५० लाख डलर कटौती भएको छ । 

सन् २०१८ मा पहिलोपटक युएस ओपन जितेकी ओसाकाले त्यसवेला फाइनलमा सेरेना विलियम्सलाई हराएकी थिइन् ।

सन् २०१९ मा ओसाकाले अस्ट्रेलियन ओपन पनि जितिन् । सात वर्षपछि कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेकी अजारिन्काले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । तर, ओसाकाले दोस्रो तथा तेस्रो सेटमा उत्कृष्ट सर्भिस तथा ब्याक ह्यान्डको प्रदर्शन गरेकी थिइन् । 

अजारिन्काले २०१२ र २०१३ मा लगातार अस्ट्रेलियन ओपन जितेकी थिइन् । २०१३ पछि उनी पहिलोपटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगिन् । गत वर्ष उनले सिन्सिनाटी मास्टर्स कप जितेकी थिइन् । अजारिन्काले उपविजेता हुँदा दुःख नलागेको बताएकी छिन् । 

उनले दोस्रो तथा तेस्रो सेटमा आफ्नो स्तर एकरूपता बनाउन सकिनन् । यी दुवै सेटमा उनको सर्भिस पकड रहेन । 

‘यो फाइनल सोचेभन्दा पनि प्रतिस्पर्धात्मक रह्यो,’ ओसाकाले भनिन्, ‘कहिलेकाहीँ प्रतिस्पर्धात्मक फाइनल खेल्ने रमाइलो लाग्छ ।’ अनुभवी खेलाडीको खेल हेर्न रमाइलो लाग्ने उनको भनाइ छ । 

‘जब तपाईं अनुभवी खेलाडी अगाडि हुनुहुन्छ, त्यसवेला धेरै कुरा सिक्न पाइन्छ,’ ओसाका भन्छिन्, ‘म अजारिन्कासँग थप फाइनल खेल्न चाहन्छु, यो फाइनलमा मैले धेरै इन्जोय गरेकी थिएँ ।’

ओसाकाले सानै उमेरदेखि अजारिन्काको खेल हेरेको बताएकी छिन् । भन्छिन्, ‘तपाईंलाई विश्वास नहुन सक्छ, मैले सानैदेखि तपाईंकै खेल पछ्याउँदै आएकी छु ।’ 

निर्णायक सेटमा ओसाकाले ४–१ को अग्रता लिइन् । त्यसपछि ओसाकाले अजारिन्काको सर्भिस तोड्दै ५–१ को बलियो स्थितिमा आफूलाई राखिन् । लगातार दुई गेम जित्दै अजारिन्काले ओसाकालाई चुनौती दिइन् । 

ad
ad